स्वास्थ्य बीमा बोर्डका निर्देशक काफ्लेले दिए राजीनामा

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. रघुराज काफ्लेले आज राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री समक्ष राजीनामा दिएका हुन् । उनी तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलको पालामा तनहुँका काफ्ले स्वास्थ्य बीमा बोर्डमा नियुक्त भएका थिए ।

स्वास्थ्य बीमा भुक्तानीको दायित्व बढेकाे छ । अहिले बोर्ड दबाबमा परेका समयमा काफ्लेको राजीनामा आएको हो । संकट आएकाे भन्दै सरकारी अस्पतालले सूचना नै निकालेर स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने घोषणा गरिसकेका छन् ।

स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक संस्थालाई ११ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी रहेकाे छ । एकाएक आएकाे उनकाे राजीनामालाइ अर्थपूर्णरुपमा हेरिएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री