कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिले निर्वाचनको कार्यतालिका सार्वजनिक, सभापति पदका लागि ३० हजार शुल्क

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। निर्वाचन समितिले मतदाता नामावली प्रकाशन,मतदाता नामावली उपरको दावी विरोध,मनोनयन दर्तादेखि मतपरिणाम घोषणसम्मको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

नयाँ नेतृत्व चयनका लागि आजै राति ९ बजेदेखि मतदान हुनेछ। निर्वाचन कार्यतालिकाअनुसार मंगलबार दिउँसो १२ :३० बजे प्रथम मतदाता नामावली प्रकाशन,१२:३० देखि १ : ३० बजेभित्र मतदाता नामावली उपरको दावी विरोध र सो उपर छानविनको समय तोकेको छ। यस्तै २ बजे अन्तिम मतदाता नामावली प्रकाशन,२ बजेदेखि ३ बजेसम्म मनोनय पत्र दर्ताको समय निर्धारण गरेको छ।

कार्यतालिका अनुसार ४ : ३० बजे उम्मेदवारको नेपाली वर्णानुक्रमाअनुसार देवनागरिक लीपीमा प्रथम नामावली प्रकाशन हुनेछ। यस्तै ४:३० देखि ५ बजेसम्म उम्मेदावरीमाथि दावी विरोध,५ बजेदेखि ५ :३० सम्म उम्मेदवारीमाथिको दावी विरोधको छानविन, ५ :३० देखि ७ :३०सम्म उम्मेवारको मनोनयन दर्ता फिर्ता, ८:४५ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र ९ बजेदेखि मतदान सुरू हुने भएकाे छ। मतदान समाप्त भएपछि मतगणना सुरू हुने निर्वाचित समितिले जनाएको छ। विशेष महाधिवेशनलाई सभापति शेरबहादुर देउवा पक्षले भने स्वीकार गरेको देखिदैन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री