ईक्यान सचिव पदका बलिया दावेदार आशिक कार्की

काठमाडाै । यहि पुस २८ गते हुने नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को निर्वाचन नजिकिँदै जाँदा संघभित्र चुनावी गतिविधि तीव्ररुपमा अगाडि बढ्दै छ। हाल इक्यानकाे कार्यसमितिमा कोषाध्यक्षको जिम्मेवारी उत्कृष्ट रुपमा सम्हाल्दै आएका आशिक कार्कीले सचिव पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् । कोषाध्यक्षका रूपमा कार्यकाल र अनुभव हालसम्मको कार्यकालमा कोषाध्यक्षका रूपमा सक्रिय भूमिका निर्वाह गरेका कार्कीले ईक्यानको आर्थिक व्यवस्थापनलाई व्यवस्थित गर्नुका साथै संगठन सञ्चालनका आधारभूत संरचना सुदृढ गर्ने काम गरेको दाबी पनि गरेका छन् ।

कार्कीले संघलाई अगाडि बढाउने विभिन्न मार्गहरू तय भएको र संस्थाभित्र नयाँ कार्यशैली बसाल्न सकिएको जानकारी दिएका छन्। कोषाध्यक्षका रूपमा तयार भएका संरचनालाई अब सचिव पदबाट कार्यान्वयन र विस्तार गर्ने लक्ष्यका साथ आफू उम्मेदवारीको मैदानमा उत्रिएको उनको भनाइ छ। ईक्यानका कार्कीका अनुसार आफू सचिव पदमा निर्वाचित भए ईक्यानलाई प्रविधिको अधिकतम प्रयोगमार्फत आधुनिक र प्रभावकारी बनाइनेछ।

सदस्यको सेवा, सहभागिता र पहुँचलाई केन्द्रमा राखेर संघका गतिविधि सञ्चालन गर्ने उनको मुख्य लक्ष्य रहेको छ। डिजिटल प्रणाली, छरितो प्रशासन र पारदर्शी सूचना प्रवाहमा जोड दिने बताएका छन्। उम्मेदवारीप्रति आत्मविश्वास आफू सशक्त र जिम्मेवार उम्मेदवारका रूपमा मैदानमा रहेको उल्लेख गर्दै कार्कीले आफ्नो दावेदारी निर्वाचनसम्म मजबुत रूपमा कायम रहने विश्वास व्यक्त गरेका छन्।

आशिक कार्की हाल वेध इन्टरनेसनल कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत छन्। उनी एक सफल युवा व्यवसायी हुन् । उनी शैक्षिक परामर्श व्यवसायमा प्रत्यक्ष संलग्न रहँदै आएका छन्। ईक्यान कार्यसमितिमा रहेर उनले संस्थागत सुधार, व्यवस्थापन र समन्वयका क्षेत्रमा उल्लेखनीय योगदान दिएका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री