“जसरी स्वास्थ्य अस्पतालले ज्यान बचाउँछ, बीमाले मान्छेको सम्पत्ति बचाउँछ ”: बिना–जयराम दम्पतीको प्रेरक यात्रा

काठमाडाैं । तनहुँकी बिना कुमारी न्यौपाने र उनका श्रीमान् जयराम रिमाल सात वर्षयता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स मार्फत स्थानीय समुदायमा आर्थिक चेतना फैलाइरहेका अभिकर्ता हुन् । उनीहरूलाई दैनिक सोधिने प्रश्न एउटै—
“जीवन बीमा किन आवश्यक?” र उनकै जस्तै उत्तर पनि सधैं एउटै— “जीवन बीमा आजको तयारी हो, भोलिको सुरक्षा ।” बिना र जयरामका लागि बीमा केवल पेशा होइन, एक प्रकारको सेवा हो । उनीहरू प्रत्येक दिन घर–घर पुग्छन्,
परिवार–परिवारसँग बस्छन्, जीवनका सम्भावित जोखिम र भविष्यका आर्थिक चुनौतीको बारेमा बुझाउँछन् ।

दम्पती आज कम्पनीका उत्कृष्ट ‘जोडी अभिकर्ता’ का रूपमा परिचित छन् । जयराम अभिकर्ता विभागका प्रमुख रूपमा काम गरिरहेका छन् भने बिना नेपालटार शाखाकी  अभिकर्ता हुन् र आजीवन सदस्यता लक्ष्य लिएर अघि बढिरहेकी छिन् । उनीहरूले जीवन बीमालाई परिवारको आर्थिक सुरक्षाको ढाल र भविष्यको आधारका रूपमा हेर्नुपर्ने आवश्यकतामा जोड दिँदै आएका छन् । उनीहरूको प्रत्येक दिनको यात्रा एउटै उद्देश्यमा केन्द्रित हुन्छ, मानिसलाई जीवन बीमाको वास्तविक मूल्य बुझाउने ।

जयराम रिमाल बीमा कम्पनीलाई ‘वेल्थ बचाउने अस्पताल’का रूपमा तुलना गर्छन् । “जसरी स्वास्थ्य अस्पतालले जीवन बचाउँछ, बीमा कम्पनीले मानिसको सम्पत्ति बचाउँछ,” उनी भन्छन् । मानिसको वेल्थ बचाउने डाक्टरको रुपमा आफुहरु रहेको रिमाल बताउँछन् । रिमालका अनुसार जीवन बीमा घरपरिवारमा आमाको जस्तो भुमिका रहेको छ । बीमाको महत्व आमाको माया जतिकै  छ । जयराम रिमाल भन्छन्, जीवन अनिश्चित छ । आज हामी स्वस्थ छौं, सक्रिय छौं, परिवारका लागि कमाइरहेका छौं  तर भोलि के हुन्छ भन्ने कसैले भन्न सक्दैन । यस्तो अवस्थामा, जीवन बीमा केवल एक आर्थिक योजना होइन, जीवनको सुरक्षा कवच हो । बीमा गाँस, बास, कपासका लागि आवश्यक छ । त्यसैले आफ्नो बृद्ध अवस्था, आफू दुर्घटनामा परेर अपाङ्गता भएको अवस्था र घरमुलीलाई केही भइहाल्यो बालबच्चाको गाँस, बास, कपासको ग्यारेन्टीका लागि बीमा गर्न जरुरी रहेको जयराम बताउँछन् ।

बीमा गर्ने मानिसले आफनो घरमुलीलाई फोकस गरेर हरेक परिवारले बीमा गर्न आवश्यक रहेको उनको भनाई छ । “हामी हाम्रो परिवारको लागि धेरै कुरा गर्छौं । तर जीवन बीमा भनेको परिवारप्रतिको सबैभन्दा ठुलो जिम्मेवारी पूरा गर्ने उपाय हो ।” जीवन बीमाले असमयमा हुने आर्थिक क्षति पूर्ति गर्न सहयोग गर्छ । परिवारका सदस्यले अचानक मुख्य आम्दानी स्रोत गुमाउँदा, बीमाले त्यो अभावलाई केही हदसम्म पूरा गर्न सक्छ । यसले परिवारलाई आर्थिक आत्मनिर्भरता र आत्मबल दिन्छ ।

उनिहरू भन्छन्, “पारिवारिक संरचनामा आमा नहुनु र आर्थिक संरचनामा बीमा नहुनु उस्तै हो । दुवैले ठूलो जिम्मेवारी र जोखिम बोकेका हुन्छन् ।” बिना भन्छिन्, “कमाइको १०–१५ प्रतिशत बीमामा लगाउन सके भविष्यमा त्यो सबैभन्दा ठूलो सहारा बन्छ । कमाउने उमेर सधैं रहँदैन, तर जोखिम भने कहिल्यै टर्दैन ।”

कमाईको हिसाबले बीमा गर्न जरुरी छ । जसरी एउटा असहायको लागि लठ्ठी सहारा हुन्छ, जस्तै सहारा हो बीमा पनि । बीमाप्रतिको चेतना अभावका कारण धेरैले अझै बीमा गर्दैनन् भन्ने बिनाको बुझाइ छ । नेपालको अवस्थामा आर्थिक अभावकै कारण बीमा नगरेको बिना बताउँछिन् ।  तर अहिलेको अवस्थामा बीमितको धारणा पहिलेको तुलनामा धरै नै सकारात्मक देखिन्छ । पहिलेको तुलनामा सचेतना बढ्दो छ, तर कतिपय बीमितहरू कम्पनी र अभिकर्ता छनोटमा दुविधामा पर्ने गरेको उनी बताउँछिन् । बीमा गर्नको लागि अभिकर्ताको प्रमुख भुमिका रहेको हुन्छ । “ग्राहकले अभिकर्तालाई मन पराउनुपर्छ, विश्वास गर्नुपर्छ, र अभिकर्ता पनि पारदर्शी र जिम्मेवार हुनुपर्छ ।” दुर्घटना, रोग, असमायिक निधनजस्ता घटना हुँदा परिवारलाई आर्थिक सुरक्षा दिनेदेखि, नियमित बचत, कर छुट, रिटायर्मेन्टको सन्तुलनसम्म—जीवन बीमा अनेक फाइदासहित परिवारलाई भविष्यका जोखिमबाट सुरक्षित राख्ने आधार हो ।

नेपालमा अझै धेरै मानिस बीमाको पहुँचबाट टाढा छन् । गाउँ–गाउँमा सचेतना विस्तार, डिजिटल सेवा, महिलाको सहभागिता र छिटो दाबी सेवा जस्ता सुधारकारी पहल आवश्यक रहेको उनीहरूको बुझाइ छ ।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री