नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान आज नहुने भएको छ । भोलि बिहान ८ बजेदेखि मतदान सुरु हुने एमालेले वताएकाे छ । विद्युतीय मेसिन बिग्रेकाले मतदान आज नहुने भएको जानकारी छ । सुरुमा आज मध्याह्न १२ बजे मतदान सुरु हुने भनिएको थियो । समय सार्दै साँझ ७ र पछि ८ बजे सुरु हुने भनिएको थियो ।
तर आज मतदान नहुने गरी स्थगित गरिएको छ । एमाले प्रतिनिधिहरू मतदानका लागि लामबद्ध भइसकेका थिए । उनीहरूलाई हलमा बोलाएर मतदान स्थगित भएको जानकारी गराइएको हो ।
तपाईंको प्रतिकृया




