जमुना बस्नेत
काठमाडौं । नेपालको सबैभन्दा ठूलो शैक्षिक प्रदर्शनी ‘१६औँ इक्यान मल्टिडेस्टिनेसन एजुकेसन फेयर–२०२५’ भव्य रुपमा सम्पन्न भएको छ । फेयरको उद्दघाटन इक्यानका अध्यक्ष शेषराज भट्टराईले गरेका थिए । उद्दघाटन सत्रमा इक्यानका पूर्वअध्यक्ष प्रकाश पाण्डे, केन्द्रिय कार्यसमितीका उपाध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिती थियो । मेलामा नेपाल, भारत, बेलायत, अमेरिका, अस्ट्रेलिया, क्यानडा तथा युरोपका विश्वविद्यालय र कलेजको सहभागिता रहेको काेषाध्यक्ष आशिक कार्कीले जानकारी दिए । देश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न इच्छुक विद्यार्थीलाई फेयरले आकर्षित गरेको थियो ।
फेयरमा छात्रवृत्ति सम्बन्धी जानकारी, स्थलमै भर्नाको अवसर, पाठ्यक्रम तथा आवेदनसम्बन्धी परामर्श, भिसा मार्गदर्शन, अध्ययनपछि रोजगारी अवसरबारे जानकारी र ग्लोबल माइग्रेशनबारे परामर्श प्रमुख आकर्षण रहेका थिए । प्रवेश निःशुल्क रहेको मेलामा विद्यार्थीका लागि इन्टरएक्टिभ सत्र, स्पट असेस्मेन्ट, तथा विश्वविद्यालय प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने सुविधा प्रदान गरिएको थियो ।
विद्यार्थीलाई विदेशका उत्कृष्ट कलेजमा भर्ना प्रक्रियामा मात्रै नभई, उत्कृष्ट शिक्षा हासिल गर्न बाहिर पढ्न जाने विद्यार्थीका लागि सहज गराउने उदेश्यका साथ इक्यानले हरेक वर्ष यस्ता कार्यक्रमलाइ प्रवर्दन गर्दै आएकाे छ । अहिले करियर काउन्सिलिङ, भर्ना र भिसा प्रक्रियाबारे सम्पूर्ण जानकारी दिने एउटा प्रमुख गन्तव्यका रूपमा इक्यान सँधै अगाडि रहेको छ । नेपालबाट अन्तर्राष्ट्रिय शिक्षाका लागि बाहिर जान चाहने विद्यार्थीलाई सही सुचना प्रदान गर्न यो फेयर आयोजना गरेको अध्यक्ष भट्टराईले नयूजदैनिकलाइ जानकारी दिए ।




