लामिनारद्वारा “मेरो सपनाको घर” नेपालकै पहिलो घर सजावट अभियान सार्वजनिक

काठमाडाै । नेपाली टायल उद्योगमा अग्रणी ब्रान्ड लामिनार भिट्रिफाईड टायल्सले “लामिनार–मेरो सपनाको घर” शीर्षकमा नेपालकै पहिलो कोठा तथा बाथरूम मेकओभर अभियान सार्वजनिक गरेको छ। ब्रान्डका अनुसार अभियानको सिर्जनात्मक नेतृत्व मिस नेपाल २०१६ तथा इन्टेरियर डिजाइनर अस्मी श्रेष्ठले गरिरहेकी छिन्। यस अभियानमार्फत दुई विजेता परिवारले आफ्नै घरको एक कोठा र एक बाथरूमको पूर्ण रूपान्तरण नि:शुल्क पाउनेछन्।

अभियानलाई सफल बनाउन लामिनारले Metalwood Furniture, Kohler Sanitaryware, Brilliant Lighting तथा Emporios Furnishings जस्ता इन्टेरियर तथा lifestyle ब्रान्डहरूसँग सहकार्य गरेको छ। सहभागिताका लागि ३० सेकेन्डदेखि ३ मिनेटसम्मको भिडियो तयार गरी किन कोठा वा बाथरूम मेक–ओभर आवश्यक छ भन्ने विषय स्पष्ट पारेर TikTok, Instagram तथा Facebook मा public पोस्ट गर्नुपर्नेछ। पोस्टमा @laminartiles ट्याग गर्नुपर्ने र #LaminarMeroSapanakoGhar ह्यासट्याग अनिवार्य रूपमा प्रयोग गर्न कम्पनीले भनेकाे छ।

चयन प्रक्रिया आन्तरिक मूल्यांकन समितिद्वारा गरिनेछ, जसमा लामिनार, निर्माण तथा क्रिएटिभ टिम र प्रोजेक्ट इन्टेरियर डिजाइनर अस्मी श्रेष्ठको सहभागिता रहनेछ। कथाको प्रस्तुति, आवश्यकता, रचनात्मकता तथा डिजिटल प्लेटफर्ममा प्राप्त इन्गेजमेन्टका आधारमा विजेताको छनोट हुने जनाएको छ। विजेता परिवारले प्रिमियम इन्टेरियर सामग्री, पूर्ण संरचनात्मक डिजाइन, टर्नकी कार्यान्वयन तथा Before–During–After फोटो तथा भिडियो डकुमेन्टेशन सेवासहितको मेक–ओभर प्याकेज प्राप्त गर्नेछन्। भिडियो अपलोड गर्ने अन्तिम मिति २०२६ जनवरी २ तय गरिएको छ भने विजेताको नाम २०२६ जनवरी ७ मा सार्वजनिक गरिनेछ। कम्पनीका अनुसार अभियानले राम्रो इन्टेरियर प्रविधि र सन्तुलित डिजाइनको संयोजनमार्फत नेपाली घरपरिवारलाई थप आकर्षक र उपयोगी बसोबास अनुभव दिलाउने लक्ष्य लिएको कम्पनीले जानकारी दिएकाे छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री