रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले डिसेम्बर २ मा अमेरिकाको विशेष टोली सँग मस्कोको क्रेमनिलमा ५ घन्टा लामो बैठक गरे । युद्ध अन्त्यका लागि शान्ति सम्झौताको वार्ता अघि बढाउने उद्देश्य उक्त बैठकको थियो । तर वार्ताले यसपटक पुनः कुनै ठोस प्रतिबद्धता दिन सकेन ।
अमेरिकी राष्ट्रपति ट्रम्पको तर्फबाट रुस-युक्रेन शान्ति वार्ता नेतृत्व गर्ने अमेरिकाका विशेष दुत स्टिभ विट्कफ र यस वार्ताका सह- प्रतिनिधिको भुमिकामा रहेका कुटनितिक सल्लाहकार जेरेड कुश्नर अमेरिकी राष्ट्रपतिको तर्फबाट शान्ति वार्तामा सहभागी हुन आएका थिए । बैठकमा रुसि अधिकारिहरुको पनि उपस्थिति रहेको थियो ।
वार्ताको प्रमुख उद्देश्य अमेरिकी शान्ती प्रस्तावमा छलफलका साथै क्षेत्रीय विवाद,सैन्य प्रावधान र रुस युक्रेन बिचमा समझदारीको प्रारम्भिक ढाँचा बारे निष्कर्ष निकाल्नु थियो। तर रुसले केही प्रस्तावलाई अस्वीकार गरेको छ । बैठक सुरु हुनु अघि पत्रकार सम्मेलन मा पुटिनले रुसलले शान्ति चाहने तर आफ्नो सुरक्षामा सम्झौता गर्न तयार नरहेको बताएका छन्। उनले युरोपले चाहेको खण्डमा रुस त्यसको सामना गर्न समेत तयार रहेको जानकारी दिए ।
बैठक केही हदसम्म उपयोगी रह्यो तर प्रमुख मुद्दामा भने सहमती हुन सकेन । केही प्रस्ताव जस्तै: मानवीय सहयोग र कैदी आदान प्रदान मा सहमती हुन सक्यो भने मुख्य क्षेत्रीय भुभागको मामिलामा सहमती हुन सकेन । हालसम्म रुस-युकेन शान्ति वार्ताको अर्को मिती तय भएको छैन ।
रुसमा भयो शान्ति सम्झौता सम्बन्धि वार्ता
तपाईंको प्रतिकृया




