नेपाल बङ्गलादेश बैंकको ८१ औं शाखा काठमाडौंको मैतिदेवीमा

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले ८१ औं शाखा काठमाडौंको मैतिदेवीमा विस्तार गरेको छ । काठमाडौँ महानगरपालिकाको वडा नं. ३० मैतिदेवीमा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको औपचारिक उद्घाटन नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गर्भनर चिन्तामणी सिवाकोटी तथा बैंकका संचालक ईन्द्रबहादुर थापाले गरिएका हुन् ।
उक्त कार्यक्रमा बैंकका संचालकहरु मुकुन्दनाथ ढुङ्गेल , दिपक कार्कीका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा बैंकका अन्य कार्यकारी अधिकृतहरुको उपस्थिति रहेको थियो । नेपाल सरकार कृषि मन्त्रालयका सचिव डा. युवक ध्वज जोशी, महानगरीय प्रहरीवृत कमलपोखरीका डि. एस. पी रविन्द्र पौडेल तथा पूर्व न्यायधिश हरीबहादुर बस्नेतद्वारा शुभकामना मन्तव्य व्यक्त गरिएको थिए ।

त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकका सेवाहरुको बारेमा जानकारी प्रदान गरेका थिए । मैतिदेवी शाखा सहित बैंकले ८१ शाखा, ७ एक्सटेन्सन काउन्टर, २ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ६३ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

काठमाडौँ । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान …

प्रतिकृया दिनुहॊस