फिल्म ‘परान’ ले प्रदर्शनको ३० दिनमा १६ करोड १६ लाख ७७ कमाइ

काठमाडाै । फिल्म ‘परान’ ले प्रदर्शनको ३० दिनमा १६ करोड १६ लाख ७७ हजार ५५८ नेरु ग्रस कमाइ गरेको जानकारी दिएकाे छ। फिल्मले ५ लाख ६९ हजार ७५४ टिकट बिक्री गरी नेपाली फिल्म इतिहासमा छैटौं सर्वाधिक कमाउने फिल्म बनेको छ। ‘परान’ ले ‘छक्कापञ्जा १’ र ‘महाजात्रा’ को लाइफटाइम कलेक्सनलाई उछिनेको छ।

नीर शाह फिल्म ‘परान’ ले घरेलु बक्सअफिसमा एकपछि अर्को कीर्तिमान रचिरहेको छ । फिल्मले प्रदर्शनको ३० दिन (१३ मंसिरसम्म) १६ करोडभन्दा धेरै कमाइ गरेको छ । सिनेपाः बक्स अफिसमा पछिल्लो शनिबारसम्म फिल्मको ग्रस कमाई १६ करोड १६ लाख ७७ हजार ५५८ नेरु ग्रस छ । फिल्मले ५ लाख ६९ हजार ७५४ टिकट बेचेको छ । योसँगै फिल्म ‘परान’ नेपाली फिल्मको इतिहासमा सर्वकालिन छैटौं धेरै कमाउने फिल्म बनेको छ ।

फिल्मले पछिल्लो सप्ताहन्तमा ‘छक्कापञ्जा १’ र ‘महाजात्रा’ को लाइफटाइम कलेक्सनलाई उछिन्न सफल भएकाे छ । ‘छक्कापञ्जा १’ को कूल कमाई १६ करोड १० लाख २२ हजार ३५० नेरु ग्रस थियो । ‘महाजात्रा’ को कूल कमाई १५ करोड ६७ लाख ९९ हजार ६१४ नेरु ग्रस थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री