काठमाडौं । आज सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १४ सय बढ्दा चाँदीको मूल्य प्रतितोला ४५ रुपियाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ५३ हजार ६ सय रुपियाँमा कारोबार भइरहेको छ । आज चाँदी प्रतितोला ३ हजार ५ सय ३५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तपाईंको प्रतिकृया




