काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार भएको खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई पाँच विकेटले पराजित गरेको छ । कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाण्डौंले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
जेरार्ड एरास्मस र जोन सिम्पसोनले ८६ रनको साझेदारी गर्दै काठमाडौंलाई जिताउन सफल भए . कर्णालीका नन्दन यादवले ३ र पवन सर्राफले एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेटको गुमाएर १४९ रन बनाएको थियो । योसँगै एनपीएलमा काठमाडौंले ६ खेलमा चौथो जित दर्ता गरेको छ भने कर्णालीले भने चौथो हार व्यहोरेको छ । पाँच वटै खेलमा कर्णालीले एउटा मात्र खेल जितेको छ ।
तपाईंको प्रतिकृया




