सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले २१ औं साधारणसभा बोलाएको छ । मंसिर १२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार साधारणसभा बोलाएको हो । सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट पाँच दशमलव ३५ प्रतिशतले हुन आउने नगद लाभांश र पाँच प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ ।

नगद लाभांशमा बोनस सेयरमा लाग्ने कर समेत समावेश रहेको कम्पनीले जनाएको छ । बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी तीन अर्ब ७३ करोड चालीस लाख रुपैयाँ पुर्‍याउने उल्लेख छ । जुन अहिले तीन अर्ब ५५ करोड ६२ लाख रुपैयाँ रहेको छ । बैंकको साधारणसभा पुस ७ गते काठमाडौंको कालिकास्थानमा रहेको अमृतभोग क्याटरर्समा बस्ने तय भएको वताएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री