काठमाडौं। मुक्तिनाथ विकास बैंकले तेह्रौं वार्षिकउत्सवको अवसरमा संस्थागत विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम गरेको छ । बैंकको सिराहा गोलबजार शाखा र कास्कीको बुढीबजार शाखाले टोल तथा बजारमा १०÷१० वटा डस्टबीन वितरण वितरण गरेको छ ।
बैंकका भैरहवा र कोटिहवा शाखा तथा स्याङ्जाको चापाकोट र गल्याङ शाखाहरुले नजिकका वृद्धाश्रम तथा अनाथालयमा ब्ल्याङ्केट वितरण, काठमाण्डौंको कुलेश्वर शाखाले रवि भवनको आमा घरमा खाद्यान्न वितरण, उदयपुरको कटारी शाखाले त्रिवेणी माध्यामिक विद्यालयलाई स्वीटर वितरण, पर्साको वीरगञ्ज शाखाले समता विद्यालयका विद्यार्थीहरुलाई जुत्तामोजा वितरण गरेको छ ।
त्यसैगरी झापाको विर्तामोड शाखाले अरुणोदय आधारभुत विद्यालयका विद्यार्थीहरुलाई आवश्यक स्टेस्नरी सामान वितरण, सिन्धुलीको कमलामाई शाखाले श्री नवज्योति बहिरा माध्यामिक विद्यालयलाई आवश्यक स्टेसनरी सामान तथा पानी फिल्टर वितरण गरेको छ ।
तनँहुको दुलेगौंडा शाखाले विपी कम्यूनिटी हस्पिटललाई १ थान पानी शुद्धिकरण मेसिन वितरण तथा क्षेत्रीय कार्यालय पोखरा अन्तर्गतका शाखा कार्यालयहरुले वास्यान वृद्धाश्रमलाई आवश्यक सामाग्री वितरण तथा वृहत रक्तदान कार्यक्रम गरेको छ ।
बैंकले साप्ताहिक वार्षिकोत्सव विशेष कार्यक्रम हप्ताभरी नै सञ्चालन गर्दै आइरहेको छ र यो कार्यक्रम पौष २२ गतेसम्म जारी रहने जनाएको छ ।



