आज नेप्से परिसूचक सामान्य अंकले बढ्याे

काठमाडौं । साताको तेस्रो सेयर कारोबार दिन मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। दिनभर उतारचढाव भएको बजारमा अन्तिम समयमा आएर नेप्से परिसूचक ५.३२ अंकले बढेर २६५५.९९ विन्दुमा पुगेको हो। अघिल्लो दिन सोमबार नेप्से परिसूचक ५०.४४ अंकले बढेर बन्द भएको थियो। सो दिन ७ अर्ब ३ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। आज कारोबार रकम सोमबारको तुलनामा भने कमी आएको छ।

यसदिन ३१९ स्क्रिप्सको १ करोड १९ लाख ७६ हजार ७८० कित्ता सेयर ५ अर्ब ८२ करोड ३० लाख २८ हजार ६६३ रुपैयाँमा खरिदबिक्री भए। आज दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएकाे झापा इनर्जी र सागर डिष्टिलरीको सेयर १० प्रतिशतले बढ्यो। श्रीनगर एग्रीकेटकको ९.९८ प्रतिशतले बढ्दा स्वस्तिक लघुवित्त वित्तीय संस्थाको ८.२३ र बन्दिपुर केवलकारको ७.२३ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा बन्दीपुर केवलकार शीर्षस्थानमा रह्यो।

सो कम्पनीले २६ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो। हिमालयन रिइन्स्योरेन्सले २४ करोडको सेयर कारोबार गर्दा नगदी ग्रुपको २० करोड,युनियन हाइड्रोपावरको १८ करोड र शिवम् सिमेन्टको १७ करोडको सेयर कारोबार भयो। कारोबारमा आएकामध्ये १२२ स्टक्सको मूल्य बढ्दा १२५ वटाको भने घट्यो। १० स्टक्सको मूल्य भने आज स्थिर रह्यो। चार समूहको उपसूचकबाहेक अन्यको उपसूचक सकारात्मक देखिएका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री