सिमरमा जारी युवाहरूको आन्दोलन शुक्रबार १० बजेसम्मका लागि स्थगित

काठमाडौँ । बाराको सिमरामा जारी युवाहरूको आन्दोलन शुक्रवार १० बजेसम्मका लागि स्थगित भएको छ ।

नेपाल एमाले निकट युवा संघका कार्यकर्तालाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका सिमराका युवाहरूले बिहीबार पनि आन्दोलन जारी राखेका थिए । बिहीबार अपराह्नदेखि शुक्रवार १० बजेसम्मलाई आन्दोलन स्थगन गरेका हुन् ।

युवा संघका ८ जना नेता कार्यकर्ताहरूलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै महेन्द्र राजमार्ग अवरुद्ध गरी दिनभर प्रदर्शन गरेका छन् ।

राजमार्गमा गरेको अवरोध हटेपछि सार्वजनिक तथा निजी सवारी साधनाको आवागमन सहज भएको छ ।

बुधवार नेकपा एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत बाराको कार्यक्रममा जाने तय भएसँगै जेन जी युवाहरूले आन्दोलन सुरु गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री