एनआईसी एशिया बैंकद्वारा शून्य प्रिमियमको ‘कर्जा योजना’ सार्वजनिक

काठमाडौँ । एनआईसी एशिया बैंकले शून्य प्रिमियम सुविधा भएको प्रतिस्पर्धी ब्याजदरमा शेयर धितो राखेर प्रवाह गरिने कर्जा ‘NIC ASIA Share Loan’ को आकर्षक कर्जा योजना सार्वजनिक गरेको छ ।

ग्राहकहरूको आवश्यकता, बजार तथा समयको मागहरूलाई सम्बोधन गर्दै बैंकले ग्राहकहरूमाझ अर्थतन्त्रको एक मुख्य पिलरको रूपमा रहेको शेयर बजारलाई सम्बोधन गर्ने गरी प्रतिस्पर्धी ब्याजदरमा यस शेयर कर्जा योजना सार्वजनिक गरेको हो ।

यस योजना अन्तर्गत व्यक्तिगत लगानीकर्ताको लागि अधिकतम रु. २५ करोड र संस्थागत लगानीकर्ताको लागि अधिकतम रु. ५० करोडसम्मको कर्जा रकम प्राप्त गर्न सक्ने व्यवस्था बैंकले गरेको छ ।

प्रतिस्पर्धी ब्याजदर, छिटो र पारदर्शी सेवा तथा लचिलो भुक्तानी योजनासहितको अनुपम सुविधाले भरिपूर्ण बैंकको यस कर्जामार्फत ग्राहकहरूलाई सहज रूपमा कर्जा प्रदान गर्ने रणनीतिका साथै ग्राहकहरूको कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा गुनासो एवं जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्था अनुरूप बैंकले ‘कर्जा सहायता केन्द्र’को समेत स्थापना गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री