आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग
वि.सं. मंसिर ०४, २०८२ इ.सन् 20 Nov, 2025 शक संवत् १९४७ नेपाल संवत् ११४६ (कछलागा) सिद्धार्थी संवत्सर दक्षिणायन हेमन्त ऋतु बिहीबार मार्ग कृष्णपक्ष तिथि औंसी, ११:०८ बजेपछि प्रतिपदा नक्षत्र विशाखा, १०:५६ बजेपछि अनुराधा योग शोभन, १०:४६ बजेपछि अतिगण्ड करण नाग, ११:०८ बजेपछि किंस्तुघ्न, २४:१३ बजेउप्रान्त वव चन्द्रराशि वृश्चिक योग (आनन्दादि) प्रवर्द्ध दिनमान १०:३८ सूर्योदय ६:३० सूर्यास्त १७:०८ दिन विशेष :  औँस, स्नानदान गर्ने र हलो बार्ने ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आलस्यले गर्दा हातमा आएको अवसर प्राप्त नहोला। व्यावहारिक विषयलाई लिएर संघर्ष गर्नुपर्ला। गोप्य कुरा सार्वजनिक नगर्नुहोला। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) घरपरिवारको सहयोग हुनाले नयाँ कार्य तर्फ अग्रसर भइनेछ। कार्यक्षेत्रमा लाभ रहनेछ। जीवनसाथीको सुझावलाई वेवास्था नगर्नुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आम्दनी बढाउने काम प्रारम्भ गर्न सक्नुहुनेछ। वाद विवादबाट टाढा रहनुहोस्। अतिथिको रुपमा सत्कार प्राप्त हुनेछ। व्यक्तित्वलाई निखार्ने समय रहेको छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) चुनौतीहरू पन्छाउदै आफ्नो काम बनाउने समय रहेको छ। सबै क्षेत्रमा राम्रो सफलता प्राप्त हुनेछ। विद्यार्थीहरूलाई अध्ययनमा सफलता मिल्नेछ। आजको शुभ रंग सेतोहो भने शुभ अंक ५ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पुरुषार्थ देखाएर समाजमा नाम स्थापित गर्न सकिनेछ। अनावश्यक साइनो गाँस्नेहरूबाट सावधान रहनुहोला। परिवारको तर्फबाट सोचेजस्तो सहयोग नमिल्ला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) परिस्थिति नमिल्दा कार्यक्षेत्रमा योजना अधुरो रहला। विद्यार्थीहरूलाई गुरुजनहरुको सहयोग मिल्नेछ। धैर्य र आत्मविश्वासमा वृद्धि हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफुले गरेको कामबाट अरुले फाइदा उठाउने चेष्टा गर्नेछन्। नयाँ कार्यप्रति मन आकर्षित हुनेछ। कला वा संगीतको क्षेत्रमा सफलता मिल्नेछ। सञ्चित धनमा वृद्धि हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) चिताएका काम समयमा सम्पादन गर्न सकिनेछ। उद्योग र व्यापारमा पहिला लिएका निर्णयहरूबाट लाभ मिल्नेछ। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। अध्ययनमा कमजोरीको अनुभूति हुनेछ। अनावश्यक कार्यहरूमा समय खर्च हुनेछ। स्वास्थ्यलाई लाई लिएर सावधान रहनुहोला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नोकरी वा पेशामा अधिकारीहरूको साथ र सहयोग पाइनेछ। मेहनतीहरुलाई राम्रो परिणाम प्राप्त हुनेछ। विभिन्न भौतिक संसाधन जुटाउने अवसर मिल्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ९ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा प्रभावशाली व्यक्तित्व निर्माण गर्न सक्नुहुनेछ। कीर्तिमान कार्य गर्ने समय रहेको छ। नोकरी वा पेशामा सहयोगी वर्गहरूको साथ मिल्नेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिको लागि केही समय प्रतिक्षा गर्नुपर्ला । योजनाहरू समयमा सम्पादन गर्न सकिनेछ । शैक्षिक क्षेत्र फराकिलो बन्नेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री