यस्तो छ आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम

काठमाडौं । काठमाडौं उपत्यका चिसो बढ्दै गइरहेको छ । तर, आज (बिहीबार) बिहान हिजो (बुधबार) को तुलनामा थोरै तापक्रम बढी छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आज बिहान ५ः४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस देखिएको हो।

हिजो बुधबार यही समयमा उपत्यकाको न्यूनतम तापक्रम ९.४ डिग्री सेल्सियस थियो भने पछि बिहान ८.४५ बजे घटेर ९ डिग्री सेल्सियस कायम भएको थियो।

आजको आधिकारिक न्यूनतम तापक्रम पनि अहिले बिहान ८ः४५ बजे अपडेट गरिनेछ। त्यतिबेला न्यूनतम तापक्रम थप घट्ने सम्भावना हुन्छ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री