काठमाडौँ । जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा कर्फ्यू आदेश जारी गरेको छ । बाराको सिमरामा एमाले कार्यकर्ता र जेनजीहरुबीच तनावपूर्ण स्थिति सिर्जना भएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो ।
सिमरामा एमाले नेता महेश बस्नेतको आगमनको तयारीका क्रममा, युवा संघ र जनजागरण अभियानका कार्यकर्ताबीच झडप भएको थियो । उक्त झडपको कारण स्थिति अझ तनावपूर्ण बनेपछि प्रशासनले तत्काल कर्फ्यू आदेश लागू गरेको सूचना अधिकारी छविरमण भट्टराईले मकालुखबरलाई जानकारी दिए ।
कफ्र्यूको दायरामा गण्डक नहरदेखि पथलैया सडकखण्डको दायाँ–बायाँ ५०० मिटर र सिमरा विमानस्थलको वरिपरी ५०० मिटर क्षेत्रसमेत पर्दछ । यो आदेश बुधबार दिउँसो १२ः३० बजेदेखि राति ८ बजेसम्म लागू हुनेछ ।
युवाअघी महेश बस्नेत र अन्य नेताहरूको कार्यक्रममा सामेल हुनका लागि बाराको परवानीपुरमा एमाले युवा संघले मधेश प्रदेश स्तरीय कार्यक्रम आयोजना गर्ने तयारी गरेको थियो ।
यस कार्यक्रमको विरोध गर्दै जेनजीहरू सक्रिय भएका थिए । विरोधका क्रममा सिमरा एयरपोर्ट नजिक झडप भएको बताइएको छ, जसले स्थिति अझ जटिल बनाएको छ ।




