सिजी डिजिटलको बुटवलमा २१ औँ शोरूम उद्घाटन

काठमाडौँ । सिजी इलेकट्रोनिक्सले आफ्नै इलेक्ट्रोनिक्स ब्रान्डको शोरूम ‘CG Digital’ आदर्श नगर पाल्पा रोड, ट्राफिक चोक, बुटवलमा सञ्चालनमा ल्याएको छ । गत शनिवारदेखि उक्त शोरूम सञ्चालनमा ल्याइएको हो ।

यससँगै, कम्पनीले देशव्यापी रूपमा २१ औँ शोरूम सञ्चालनमा आएको छ ।

अत्याधुनिक रिटेल मोडेलमा आधारित यो स्टोरमार्फत ग्राहकहरूले LG, CG, Media, Godrej, Crompton, Beko, Sensei, TCL, Burly, Kent, Black+Decker, Motorola, Nothing जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका होम र किचन एप्लायन्स, स्मार्ट टेलिभिजन, मोबाइल, ग्याजेट, उपकरण र प्रिमियम कन्जुमर इलेक्ट्रोनिक्सका व्यापक उत्पादनहरू एकै छानामुनि पाउन सकिने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार, बुटवल–लुम्बिनी प्रदेशमा बढ्दो ग्राहक माग, गुणस्तरीय सेवा आवश्यकताहरू र आधुनिक जीवनशैलीलाई ध्यानमा राख्दै उच्चस्तरीय प्रोडक्ट र छिटो ग्राहक–सपोर्ट प्रणालीसहित सुव्यवस्थित र प्राविधिक रूपमा सुदृढ रिटेल सुविधा सञ्चालनमा ल्याइएको हो ।

उद्घाटन कार्यक्रममा स्थानीय निकायका अधिकारी, ग्राहक र सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । CG Digital ले आगामी दिनमा ग्राहक अनुभवलाई अझ सुदृढ गर्ने, डिजिटल पहुँचलाई देशका प्रमुख सहरी तथा उप–सहरी बजारमा विस्तार गर्ने, र अन्तर्राष्ट्रिय स्तरको ब्राण्ड पोर्टफोलियोसहित आधुनिक रिटेल अनुभवलाई मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

कम्पनीले समग्र डिजिटल बजार प्रवृत्ति, ग्राहक रोजाइको बदलिँदो स्वरूप र उदयोन्मुख प्रविधिलाई ध्यानमा राख्दै समावेशी, पारदर्शी र ग्राहक–केन्द्रित व्यापार विस्तारमा निरन्तर केन्द्रित रहने जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री