स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. ढकाल नियुक्त

काठमाडौँ । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा पदमा डा. केशरबहादुर ढकाल नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा १२ औँ तहको अतिरिक्त सचिवका रुपमा रहेका डा ढकाल विभागको महानिर्देशकमा नियुक्त भएका हुन् ।

यसअघि, विभागका महानिर्देशक डा टंक बाराकोटीले स्वास्थ्य तथा पारिवारिक कारण देखाउँदै गत आइतबारबाट लागू हुने गरी पदबाट राजीनामा दिएका थिए । डा. बाराकोटीको राजिनामा स्वीकृत भईसकेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री