प्रतिकूल समयमा कांग्रेसलाई धैर्यता चाहिएको छ : कार्यवाहक सभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको आसन्न १४ औं महाधिवेशनको विषयमा भइरहेको ढिलाइप्रति नेता-कार्यकर्ताहरूलाई धैर्य धारण गर्न अपिल गरेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत खड्काले जारी गरेको सन्देशमा ‘हतारमा निर्णय गरेर पछि पछुताउनुभन्दा पार्टीलाई एकताबद्ध राखेर प्रतिकूल समयको पदचापलाई सामना गर्न सक्ने गरी निर्णय गर्न केही समय लागेको’ उल्लेख छ ।

उनले सम्पूर्ण नेता-कार्यकर्ताहरूलाई यो महत्वपूर्ण मर्म बुझेर धैर्य धारण गर्न विशेष अनुरोध गरे । खड्काले भनेका छन्, ‘इतिहासमै देश र पार्टीमाथि देखिएको प्रतिकूल अवस्थालाई ध्यानमा राखेर निर्णय गर्न केही समय ढिला भए पनि हतारमा निर्णय गरेर पछि पछुताउनुभन्दा पार्टीलाई एकताबद्ध राखेर प्रतिकूल समयको पदचापलाई सामना गर्न सक्ने गरी निर्णय गर्न केही समय लागेको छ ।’

महाधिवेशनको रस्साकस्सी: तीन धारमा कांग्रेस

  • संस्थापन पक्ष: सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष आगामी निर्वाचनपछि मात्रै महाधिवेशन गर्ने पक्षमा उभिएको छ। 

  • इतर समूह: पार्टीभित्रको इतर समूह भने निर्वाचनअगावै महाधिवेशन सम्पन्न गर्नुपर्ने अडानमा कायम छ ।

  • विशेष महाधिवेशनको माग: तेस्रो समूहले भने देशभर हस्ताक्षर संकलन अभियान सञ्चालन गरी विधानअनुसार पुस मसान्तभित्र विशेष महाधिवेशन हुनुपर्ने माग राखेको छ । यस समूहलाई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माको पनि समर्थन रहेको छ । उनीहरूको तर्क छ कि यदि २१ फागुनमा तय भएको निर्वाचनअघि नियमित महाधिवेशन गरिएन भने विधानअनुसार विशेष महाधिवेशन अनिवार्य हुन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री