काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले मतदाता नामावली दर्ता अवधि केही समय थप गर्न निर्वाचन आयोगसँग आग्रह गरेका छन् ।
हाल धेरै स्थानमा दर्ता प्रक्रियामा ढिलाइ भइरहेको र सेवाग्राहीहरूलाई समस्या भएको हुँदा उनले सबै नागरिकलाई मतदाता सूचीमा समावेश गर्न समयावधि थप गर्न आवश्यक भएको बताए। बिहीबार सार्वजनिक गरेको भिडियो सन्देशमा पौडेलले भने, ‘नाम दर्ता केन्द्रहरूमा फोटो खिचाउने क्रममा लामो लाइन बस्दा पनि धेरैजसोले पालो नपाएर फर्किनुपरेको छ।’
हालको समय सीमा भित्र कतिपय नागरिकहरू सूचीमा नपर्ने सम्भावना रहेको उल्लेख गर्दै उनले दर्ता अवधि केही दिन बढाउन निर्वाचन आयोगलाई आग्रह गरेका हुन् ।
तपाईंको प्रतिकृया



