रिलायन्स लाइफ इन्स्योरेन्सका सात नयाँ शाखा उद्घाटन

काठमाडाैँ । रिलायन्स लाइफ इन्स्योरेन्स लि. ले वीरगंज, पाल्पा, नारायणगढ, हेटौंडा, घोराही, तुलसीपुर र बुटवलमा गरी ७ वटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।वीरगंज शाखाको उद्घाटन कम्पनीका अध्यक्ष तारा चन्द केडिया र वीरगंज महानगरपालिका नगर उप– प्रमुख शान्ति कार्कीले संयुक्त रुपमा गरे।

त्यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली र नायब कार्यकारी अधिकृत निराजन कंडेलका साथमा पाल्पा शाखाको पाल्पा उद्योग वाणिज्य महासंघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठ, नारायणगढ शाखाको चितवन उद्योग वाणिज्य महासंघका अध्यक्ष सहनलाल प्रधान र हेटौंडा शाखाको मकवानपुर उद्योग वाणिज्य महासंघका अध्यक्ष कृष्ण कटवालले गरेका छन्।

यस्तै, कम्पनीका नायब कार्यकारी अधिकृत निराजन कंडेलका साथमा घोराही शाखाको घोराही उप महानगरपालिकाका नगर उपप्रमुख, सीता न्यौपाने, तुलसीपुर शाखाको तुलसीपुर उप महानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डे र बुटवल शाखाको प्रदेश न. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गरे।

उद्घाटन समारोहमा कम्पनीका पदाधिकारी र स्थानीय बासिन्दाहरुको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप