काठमाडौँ । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले कार्यभार सम्हालेका छन् । मंगलवार कार्यालयमा कार्यभार सम्हाल्दै उनले मधेस आन्दोलनका शहीदलाई मधेस रत्नले सम्मानित गर्ने निर्णय गरेका हुन् ।
मुलुकमा सङ्घीयता ल्याउन मधेसका शहीदहरूको अतुलनीय योगदान रहेको मुख्यमन्त्री यादवले बताए । शहीदहरुलाई आर्थिक सहयोग दिएपनि सम्मान नदिइएको उनको आरोप छ । कातिक २३ गते मुख्यमन्त्री नियुक्त भएका र कातिक २४ गते बिहानै मुख्यमन्त्री पदको शपथ भएका मुख्यमन्त्री यादवले मंगलवार मधेस भवनमा पुगेर आफ्नो कार्यभार सम्हालेका हुन् ।
उनले प्रदेशमा शान्ति सुव्यवस्था कायम गरी सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन सुरक्षा निकायका पदाधिकारीहरुलाई निर्देशन दिए ।
तपाईंको प्रतिकृया




