सिप्रदीले भक्तपुरमा खोल्यो ‘एक्सप्रेस-टी’ विद्युतीय ट्याक्सीका लागि अत्याधुनिक सर्भिस सेन्टर

काठमाडौं । नेपालमा विद्युतीय सवारी साधनको बढ्दो लोकप्रियतासँगै टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले आफ्ना विद्युतीय ट्याक्सी ‘एक्सप्रेस–टी’ का ग्राहकहरूलाई लक्षित गर्दै भक्तपुरमा नयाँ डेडिकेटेड सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यसले ग्राहकहरूलाई अझ सहज र द्रुत सेवा प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको छ ।

सिप्रदीले भक्तपुरको सल्लाघारीमा अत्याधुनिक सुविधासहितको यो नयाँ सर्भिस सेन्टर सुरु गरेको हो । अब बालकुमारी र गोंगबुमा रहेका सर्भिस सेन्टरसँगै एक्सप्रेस–टीका ग्राहकहरूले भक्तपुरमा पनि गुणस्तरीय सेवा लिन सक्नेछन् । यस सर्भिस सेन्टरमा एक्सप्रेस–टीका लागि आवश्यक सबै आधुनिक उपकरणहरू जडान गरिएको छ । साथै, तीव्र गतिका चार्जिङ स्टेशनको समेत व्यवस्था गरिएको छ, जसले ग्राहकहरूलाई थप सुविधा प्रदान गर्नेछ ।

सिप्रदी ट्रेडिङका अनुसार हाल बालकुमारी, गोंगबु र भक्तपुरमा ‘एक्सप्रेस–टी’ का लागि विशेष सर्भिस सेन्टरहरू सञ्चालनमा छन् । यसका अतिरिक्त, बालकुमारी, एकान्तकुना, टिकाथली, बनस्थली, सानेपा, गुह्येश्वरी, भक्तपुर, गोंगबु, कपन, खाडीचौर र दुधौली लगायतका ११ स्थानमा फास्ट चार्जिङ स्टेशनहरू पनि उपलब्ध छन् । कम्पनीले ग्राहकहरूलाई नजिकबाट गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले देशभर आफ्नो सेवा सञ्जाल विस्तार गर्ने योजना बनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री