केही स्थानमा हल्का वर्षाको सम्भावना, कस्तो रहला टीकाको दिन मौसम ?

काठमाडौं । हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहनेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू भागका एक दुई स्थानमा हल्का वर्षा, हिमपातको सम्भावना रहेको विभागद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ ।

मौसम बुलेटिनका अनुसार आज राति सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का वर्षा, हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

तिहारको टीकाको दिन बिहीबार पनि आजको जस्तो मौसम रहने पूर्वानुमान गरिएको छ । बिहीबार टीकाको समयमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । तर, पश्चिमी वायुको सामान्य प्रभावले पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीसम्म हुने पूर्वानुमान छ । जसका कारणले पहाडी क्षेत्रका एक दुई ठाउँमा वर्षा हुनेछ ।

टीकाको दिन बिहीबार कोशी र मधेश प्रदेशलगायत देशका बाँकी पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुनेछ भने बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ ।

सबै प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको तिहार विशेष बुलेटिनमा उल्लेख छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री