सुनको मूल्य एकैदिन ३ हजारले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज आइतबार ३ हजार रुपैयाँले बृद्धी भएकाे छ। साताको पहिलो दिन आइतबार ३ हजार रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख  ३८ हजार पुगेको हो। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य ४२ सय रुपैयाँले घटेको थियो। प्रतितोला सुन २ लाख ३५ हजारमा कारोबार भएको थियो।

सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेकाे छ। आज चाँदीको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन- चाँदी व्यवसायी महासंघका अनुसार आइतबार  एक तोला चाँदीको मूल्य ३ हजार १२५ रुपैयाँमा कारोबार भइरहेको छ।
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
viber sharing button
sharethis sharing button

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री