राष्ट्रपतिसँग जेनजीको छलफल सोमबारलाई सारियो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग जेनजीको छलफल सोमबारका लागि सरेको छ । बिहान १० बजेदेखि सुरु हुने भएको भनिएको छलफल दुईदिन पछिलाइ सारिएको हो । छलफलका लागि शीतलनिवास पुगेको एक जेनजीका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या देखिएको भनी बैठक सारिएको हाे । राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसँग भने अनौपचारिक छलफल गरिरहेका छन् ।

राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की र जेनजीका अगुवाहरु बीचमा छलफल गर्ने गरी आज शीत लनिवास बोलाइएको थियो । प्रवेश नपाएकाे भन्दै केही जेनजीले विराेध गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री