विशेष महाधिवेशनको माग गर्दै आएका गगनले भने- नियमित महाधिवेशन गरौँ

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी मंसिर महिनामा नियमित महाधिवेशनको आयोजना गर्ने प्रस्ताव गरेका छन् । बिहीबार, पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकमा थापाले यस प्रस्ताव प्रस्तुत गरेका हुन् ।

शशांक कोइरालाले बैठकमा थापाको प्रस्तावको बारेमा जानकारी दिएका छन् । यसअघि, जेनजी आन्दोलनपछि महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा जानुपर्ने बताउँदै आएका थिए ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन २०७८ मंसिरमा भएको थियो, र यो महाधिवेशनको चार वर्षे कार्यकाल आगामी मंसिरमा पूरा हुनेछ। यस कारण, बैठकमा सहभागी पार्टीका नेताहरूले महाधिवेशनलाई समयमा सम्पन्न गर्नुपर्ने माग गरेका थिए।

आजै आफ्नो निवासमा केही नेताहरूसँग कुरा गर्दै नेता कृष्ण सिटौलाले महामन्त्रीद्वयको हस्ताक्षर अभियानले पार्टी फुट्न सक्ने बताएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री