काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति डा संगीता भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
एमआरआई मेसिन खरिदमा १२ करोड रुपैयाँ घोटाला गरेको आरोप छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित १३ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
भण्डारी पूर्वमन्त्री शरतसिंह भण्डारीकी बहिनी हुन् । सरतसिंह भण्डारी केपी शर्मा ओलीको क्याविनेटमा श्रममन्त्री थिए । उनी नेपालमा सबैभन्दा धेरै पटक मन्त्री बन्ने व्यक्ति हुन् ।
उनी हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापन गर्छिन्।
तपाईंको प्रतिकृया




