काठमाडाै । नेपाली बजारमा सुनको मूल्यमा भारि वृद्धि भएर निरन्तर नयाँ रेकर्ड बनाउदै बढेको छ । यस दिन सुन प्रतितोला दुई हजार ६०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजाे छापावाल सुन प्रतितोला २ लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । हिजाेकाे रेकर्ड ब्रेक गर्दै सुनको मूल्यले ऐतिहासिक उचाई बनाएको हो । पछिल्लो समय सुनको मूल्य निरन्तर रेकर्ड ब्रेक गर्दै बढीरहेको छ ।
चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला दुई हजार ९५५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । मंगलबार चाँदी दुई हजार ९६० रुपैयाँमा कारोबार भएको थियाे । चाँदीको उक्त मूल्य हालसम्मकै उच्च हो ।
तपाईंको प्रतिकृया



