मन्त्रीद्वय घिसिङ र अर्याल इलाम जाने कार्यक्रम स्थगित, छिट्टै राहत बोकेर जाने

काठमाडौं । मन्त्रीद्वय कुलमान घिसिङ र ओम प्रकाश अर्यालको इलाम भ्रमण आजका लागि स्थगित भएको छ । आज बिहान ११ बजे काठमाडौंबाट झापाको भद्रपुरसम्म हवाईजहाज र त्यहाँबाट हेलिकप्टरमार्फत इलाम पुग्ने कार्यक्रम तय भए पनि अन्तिम समयमा उडानको तालिका नमिल्दा भ्रमण स्थगित भएको हो ।

टिकट नपाएपछि इलाम जाने भनिएको कार्यक्रम स्थगित भएको छ । ‘इलाम जान ११ बजे प्रस्थान गर्ने तयारी थियो। तर ११ बजेभन्दा अगाडिको टिकट नपाएपछि आजको कार्यक्रम रद्द गरिएको हो,’ गृह मन्त्रालयका एक अधिकारीले भने ।

मन्त्रालयका अनुसार, राहत सामग्रीसहित छिट्टै इलाम जाने गरी नयाँ कार्यक्रम तय गरिनेछ । शनिबारको अविरल वर्षा र त्यसपछिको बाढीपहिरोले इलाममा ठूलो क्षति पुर्‍याएको छ । यस विपत्तिमा परी हालसम्म ३७ जनाले ज्यान गुमाइसकेका छन् भने कैयौं घाइते र बेपत्ता छन् । बाढीपहिरोले राजमार्ग, पुल, जलविद्युत् आयोजनालगायतका भौतिक संरचनामा समेत व्यापक क्षति पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप