काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीले शुक्रबार बिहान ११ बजेसम्मको अवस्थाबारे दिएको विवरणअनुसार ६ स्थानमा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् भने काठमाडौं र काभ्रेमा सवारीसाधन होल्ड गरिएको छ ।
होल्ड गरिएका सवारीसाधन:
-
काठमाडौं: चन्द्रागिरि नगरपालिकास्थित विभिन्न नाकाबाट छोटो दुरीका सवारीसाधन बाहेक अन्य सवारीसाधनलाई होल्ड गरिएको छ ।
-
काभ्रेपलाञ्चोक: बि.पि. र अरनिको राजमार्गमा अर्को आदेश नभएसम्म दुवैतर्फबाट सवारीसाधन होल्ड गरिएको छ ।
नेपाल प्रहरीले अत्यावश्यकबाहेक यात्रा नगर्न यात्रु र चालकहरूलाई विशेष अनुरोध गरेको छ । यात्रा गर्नैपर्ने अवस्था आएमा पनि ट्राफिक अवस्थाबारे जानकारी लिएर मात्र अगाडि बढ्न सुझाव दिइएको छ । साथै, सडकमा खटिएका सुरक्षाकर्मी र ट्राफिक प्रहरीले दिएको निर्देशन पालना गर्न पनि आग्रह गरिएको छ ।





