धनगढीबाट काठमाडौं आउँदै गरेको बस कपिलवस्तुमा पल्टियो

काठमाडौं । धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बस कपिलवस्तुको वनकसवासामा दुर्घटना हुँदा ३६ जना यात्रु घाइते भएका छन् । शनिबार बिहान करिब ५:३० बजे ना ८ ख ५७०३ नम्बरको बस सडक छेउमा पल्टिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये १६ जनालाई थप उपचारका लागि बुटवलस्थित प्रादेशिक अस्पतालमा रिफर गरिएको छ, भने २० जनाको उपचार चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सञ्जीवनी सामुदायिक अस्पताल चन्द्रौटामा सामान्य उपचार पश्चात बुटवल रिफर गरिएका घाइतेहरूको नामवली :

  • कैलाश कोटी: २७ वर्षीया, कैलाली कैलारी गाउँपालिका-६ निवासी, शरीरका विभिन्न भागमा गम्भीर चोट ।

  • शिवनारायण कुमाल: ३० वर्षीय, कैलाली कैलारी गाउँपालिका-६ निवासी, टाउकोमा मध्यम चोट ।

  • राम कुमारी कुमाल: ५५ वर्षीया, कैलाली कैलारी गाउँपालिका-६ निवासी, शरीरका विभिन्न भागमा गम्भीर चोट ।

  • सनाया कुमाल: १ वर्षीया (राम कुमारीकी नातिनी), कैलाली कैलारी गाउँपालिका-६ निवासी, हातखुट्टामा मध्यम चोट ।

  • शन्त बहादुर सुनार: ४४ वर्षीय, कञ्चनपुर पुनरबास नगरपालिका-८ निवासी, छाती र हातखुट्टामा गम्भीर चोट ।

  • रमेश कुवँर: ४० वर्षीय, अछाम साफे नगरपालिका-३ निवासी, शरीरका विभिन्न भागमा गम्भीर चोट ।

  • बिष्णा कुमारी रावत: ३१ वर्षीया, अछाम साफे नगरपालिका-३ निवासी, शरीर र खुट्टामा सामान्य चोट ।

  • रोहित ओड: २२ वर्षीय, कञ्चनपुर भिमदत्त नगरपालिका-१ निवासी, शरीरका विभिन्न भागमा मध्यम चोट ।

  • अन्दाजी २०-२२ वर्षीया महिला: नाम, थर, वतन नखुलेको, बेहोस अवस्थामा र गम्भीर चोट ।

  • गणेश कार्की: ३१ वर्षीय, कैलाली गोदावरी नगरपालिका-५ निवासी, शरीरका विभिन्न भागमा मध्यम चोट ।

  • प्रदिप चौधरी: २३ वर्षीय, कैलाली बर्दोगोरिया गाउँपालिका-५ निवासी, हातखुट्टामा मध्यम चोट ।

  • सानु रावत: १२ वर्षीया, अछाम साफेबगर नगरपालिका-३ निवासी, टाउकोमा सामान्य चोट । 

  • प्रकाश घर्ति मगर: २६ वर्षीय, डोटी क्यासिन गाउँपालिका-१ निवासी, टाउकोमा मध्यम चोट ।

  • महेश बिष्ट: २७ वर्षीय, बैतडी पाटन नगरपालिका-४ निवासी, टाउकोमा मध्यम चोट ।

  • टपेन्द्र बोहोरा: ३८ वर्षीय, अछाम साफेबगर नगरपालिका-८ निवासी, छातीमा मध्यम चोट ।

  • रमेश ब.बोहोरा: ३५ वर्षीय, कैलाली गोदावरी नगरपालिका-३ निवासी, टाउको र आँखामा मध्यम चोट ।

अन्य १८ जना सामान्य घाइतेको चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ, जसको नामावली विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री