मौसम खराबीले आन्तरिक उडान ठप्प, यात्रु अलपत्र

काठमाडौं । खराब मौसमका कारण काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सम्पूर्ण आन्तरिक उडान तथा अवतरण अनिश्चितकालका लागि बन्द गरिएको छ । बिहानैदेखि देशका विभिन्न भागमा भइरहेको अविरल वर्षा र खराब भिजिबिलिटीका कारण उडान सञ्चालनमा समस्या आएपछि विमानस्थलले आन्तरिक टर्मिनलमा यात्रुको बाक्लो भिड लागेको छ ।

उडान ठप्प भएपछि हजारौं यात्रुहरू विमानस्थलमा अलपत्र परेका छन् । लामो समयदेखि पर्खाइमा रहेका यात्रुहरूको लागि विभिन्न वायुसेवा कम्पनीहरूले टिकट रद्द गर्न थालेका छन् । अचानक उडान बन्द हुँदा यात्रुहरूले सास्ती भोगिरहेका छन् भने कतिपयको यात्रा योजना नै प्रभावित भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशदेखि लुम्बिनी प्रदेशको पूर्वी भागसम्म अहिले पानी परिरहेको छ । आगामी केही घण्टाभित्र वर्षाको मात्रा र क्षेत्र अझै बढ्ने सम्भावना रहेकाले उडान सञ्चालनमा सुधार आउन समय लाग्ने देखिएको छ ।

महाशाखाले केही प्रदेशहरूमा भारी तथा अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ । यात्रुहरूलाई वैकल्पिक व्यवस्था वा उडानको जानकारीका लागि सम्बन्धित वायुसेवा कम्पनीहरूसँग सम्पर्कमा रहन सुझाव दिइएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री