देशभर मनसुनी प्रभाव कमजोर, पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहँदा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ । कोशी र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको पहाडी भूभागमा सामान्यतया बदली भई बाँकी भूभागमा आंशिक बदली रहनेछ । विशेषगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, बाँकी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

तर राती कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश लगायत देशका पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना कायमै रहने बताइएको छ ।

महाशाखाले वर्षाको सम्भावना रहेका क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ । विशेषगरी पहाडी क्षेत्रमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने भएकाले यात्रा गर्दा तथा दैनिक कामकाजमा सावधानी अपनाउन आवश्यक देखिन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री