ह्युन्डाई नेपालको दसैँ-तिहार अफरमा १० लाख जित्ने पहिलो भाग्यशाली विजेता घोषणा

काठमाडौँ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.ली., नेपालका लागि ह्युन्डाई गाडीको आधिकारिक वितरकले दसैँ–तिहार अफर ‘दसैँ तिहार, १० गुणा उपहार’ अन्तर्गत पहिलो ग्राण्ड विजेता घोषणा गरेको छ ।

धनगढीका अभिषेक चौधरीले हुन्डाई क्रेटा खरिद गरी दसैँ–तिहार अफरअन्तर्गतको स्क्र्याच कार्डमार्फत रु १०,००,००० जित्ने पहिलो भाग्यशाली ग्राहक बनेका छन् ।

यो अफर भदौ २, २०८२ बाट सुरु भएको हो, जसअन्तर्गत ग्राहकहरूले ८ लाख रुपैयाँसम्मको नगद छुट, १० लाख रुपैयाँसम्मको स्क्र्याच कार्ड पुरस्कार, २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस, साथै १ वर्षको निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स र सडक कर पाउने व्यवस्था गरिएको छ ।

प्रत्येक ह्युन्डाई गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा समेत उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

ह्युन्डाई नेपालले अभिषेक चौधरीलाई हार्दिक बधाई ज्ञापन गर्दै सम्पूर्ण ग्राहकवर्गलाई नजिकको ह्युन्डाई शोरुममा गई ‘दसैँ तिहार, १० गुणा उपहार’ अफरको लाभ उठाउन अनुरोध गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप