गोल्छा ग्रुपद्वारा ट्राफिक प्रहरीलाई २० थान मोटरसाइकल सहयोग

काठमाडौं । गोल्छा ग्रुपले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप सुदृढ बनाउने उद्देश्यका साथ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, बग्गीखानालाई २० थान बजाज मोटरसाइकल हस्तान्तरण गरेको छ।

मंगलबार रामशाहपथस्थित ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक विशेष कार्यक्रमकाबीच गोल्छा ग्रुपले ट्राफिक प्रहरीलाई ती मोटरसाइकलहरू हस्तान्तरण गरेको हो। यो सहयोगले उपत्यकाको बढ्दो सवारी चाप र ट्राफिक व्यवस्थापनमा थप प्रभावकारिता ल्याउने विश्वास लिइएको छ।

मोटरसाइकल हस्तान्तरण कार्यक्रममा बोल्दै गोल्छा ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले राज्यलाई बलियो बनाउन प्रत्येक नागरिक र संस्थाले आ–आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउनुपर्नेमा जोड दिए। उनले हाल मुलुकमा देखिएको चुनौतीपूर्ण परिस्थितिलाई अवसरका रूपमा लिँदै नयाँ पुस्ताका सपनाहरू साकार पार्न सबै एकजुट हुनुपर्ने बताए।

गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा ट्राफिक कार्यालयका भवन र केही मोटरसाइकलमा क्षति पुगेको स्मरण गर्दै गोल्छा ग्रुपले “हाम्रो सडक सुरक्षा, हाम्रै दायित्व” भन्ने मूल मर्मलाई आत्मसात गर्दै यसअघि पनि ट्राफिक प्रहरीलाई निरन्तर सहयोग गर्दै आएको जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री