हाइलाइफको बासमती राइससँग फेस्टिभ भाइब्स योजना

काठमाडौं । हाइलाइफले ‘बासमती राइससँग फेस्टिभ भाइब्स’ योजना ल्याएको छ । यो योजनामा सहभागी हुनेले १ लाख रुपैयाँ जित्न सक्नेछन्। यो योजना कात्तिक १२ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ।

योजनामा सहभागी हुन हाइलाइफको बासमती राइस प्रयोग गरी आफूलाई मनपर्ने परिकार पकाएको भिडियो बनाउनुपर्नेछ।

यो भिडिओ बनाएर आफ्नो फेसबुक, इन्स्ट्राग्राम अथवा टिकटकमा पोष्ट गर्नुपर्नेछ। हाइलाइफको पेजलाई भिडियोमा ट्याग गर्नुहोस् र हाइलाइफफुड्स फेस्टिभभाइब्स गिभावेक्याम्पेन्स ह्यासट्याग प्रयोग गर्न कम्पनीको सुझाव छ।

यसको भाग्यशाली विजेता कात्तिक २१ गते हाइलाइफको फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरिनेछ। थप जानकारीको लागि हाइलाइफको कुनै पनि सामजिक सन्जाल अथवा वेबसाईटमा हेर्न सकिने कम्पनीले जनाएको छ।

हाइलाइफको बासमती राइस सर्वत्र बजारमा उपलब्ध छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री