आईजेएमडी एसएस पाइप्सको ब्रान्ड एम्बेस्डरमा म्याट्रिक्स फाइट नाइटका विजेता रवीन्द्र ढाँट नियुक्त

काठमाडौं । नेपालको अग्रणी एसएस पाइप्स उत्पादक आईजेएमडी एसएस पाइप्सले म्याट्रिक्स फाइट नाइटका विजेता तथा लोकप्रिय व्यक्तित्व रवीन्द्र ढाँटलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ। यस नियुक्तिसँगै कम्पनीले आफ्नो ब्रान्ड छविलाई अझ उचाइमा पुर्‍याउने लक्ष्य लिएको छ।

चिपागढ, रुपन्देहीमा अवस्थित अत्याधुनिक प्रविधियुक्त उत्पादन प्लान्टबाट निरन्तर उच्च गुणस्तर र स्थायित्वमा विशेष ध्यान दिँदै आएको आईजेएमडी एसएस पाइप्स छोटो समयमै नेपालभरका ग्राहकहरू माझ एक विश्वसनीय नाम बन्न सफल भएको छ। कम्पनीले आफ्ना उत्पादनहरूमा गुणस्तरीय कच्चा पदार्थ र नवीनतम प्रविधिको प्रयोग गर्दै आएको छ, जसले गर्दा यसका पाइपहरू टिकाउ र भरपर्दो मानिन्छन्।

कम्पनीका अनुसार, रवीन्द्र ढाँटको जनप्रियता, उनको सकारात्मक छवि र इमानदार व्यक्तित्वले आईजेएमडी एसएस पाइप्सको ‘गुणस्तर, स्थायित्व र विश्वास’ भन्ने मूल मान्यतालाई थप बलियो बनाउने विश्वास लिइएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप