काठमाण्डौ । आजदेखि नेपाल सरकारको भुक्तानी प्रणाली पुनः सुरु भएको छ । दशैं लगायतका चाडपर्व नजिकिएसँगै सरकारले आजदेखि भुक्तानी दिन सुरु गरेको छ । यससँगै अब सरकारी कर्मचारीले दशैंअघि नै तलब भत्ता पाउने भएका छन् ।
आजदेखि राजस्व संकलन समेत सुरु भएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा अर्थ मन्त्रालय मातहत १४ वटा आन्तरिक राजस्व कार्यालय र ५ भन्सार कार्यालयमा तोडफोड तथा आगजनी भएको थियो । अब कार्यालयहरु धमाधम सञ्चालनमा आउन थालेका छन् । अर्थ मन्त्रालय पनि सुरक्षित छ । शनिबारसम्म सरकारले १ खर्ब ४४ अर्ब ५८ करोड राजश्व संकलन गरेको छ ।
तपाईंको प्रतिकृया




