अमेरिकाबाट थप १९ नेपाली डिपोर्ट, विमानस्थलमा प्रहरीले गर्‍यो सोधपुछ

काठमाडौं । अमेरिकी अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा १९ जना नेपाली नागरिकलाई अमेरिकाले डिपोर्ट गरेको छ । बिहीबार साँझ ७ बजे अमेरिकी चार्टर्ड फ्लाइटमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएका उनीहरूलाई अध्यागमन कार्यालयले प्रहरीको समन्वयमा छाडेको छ ।

डिपोर्ट हुनेहरूमध्ये २ जना महिला र १७ जना पुरुष रहेका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता अन्जन न्यौपानेका अनुसार उनीहरूलाई अमेरिकी अध्यागमनसम्बन्धी कानुनको उल्लंघन गरेको कारण देखाई डिपोर्ट गरिएको हो ।

विमानस्थलबाट बाहिरिएलगत्तै डिपोर्ट भएकाहरूसँग नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले सोधपुछ गरेको छ । प्रहरीले उनीहरू दलालबाट ठगिएको हुनसक्ने आशंकामा विस्तृत जानकारी लिएको हो । कसैले दलालबारे उजुरी दिएमा प्रहरीले थप अनुसन्धान गर्ने जनाइएको छ । प्रहरीको सोधपुछपछि मात्रै डिपोर्ट भएकाहरूलाई घर जान दिइने बताइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री