एनएमबि बैंकका कर्मचारी र ग्राहकलाई बुटवल हस्पिटलमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । एनएमबि बैंक लिमिटेड र बुटवल हस्पिटल प्रा.लि.बीच सम्पन्न विशेष सम्झौताअनुसार अब बैंकका कर्मचारी, परिवार तथा ग्राहकहरूले हस्पिटलका विभिन्न सेवामा ५ देखि १५ प्रतिशतसम्म छुट पाउने भएका छन्।

सम्झौतामा एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुली र बुटवल हस्पिटलका अध्यक्ष चुन्नु प्रसाद पौडेलले हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार, बैंकका कर्मचारी÷परिवार र ग्राहकहरूले हस्पिटलका बेड चार्ज, ल्याब टेस्ट, अप्रेसन चार्ज, अल्ट्रासाउन्ड (USG), ईसीजी, इको, एक्स–रे, फिजियोथेरापी र औषधोपचारमा छुट पाउने व्यवस्था गरिएको छ।

बैंकका अनुसार, यस सहकार्यले आफ्ना ग्राहक र कर्मचारीलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच दिलाउने र उपचार खर्चमा राहत हुने अपेक्षा गरिएको छ। छुट लिनका लागि हस्पिटलमा भुक्तानी गर्दा एनएमबि बैंकको खाता प्रयोग गर्नुपर्नेछ। यसका लागि बैंकका एटीएम कार्ड, क्रेडिट कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, कर्पोरेट पे, आइपीएस र क्युआर कोडमार्फत भुक्तानी गर्न सकिनेछ।

एनएमबि बैंकले यसअघि पनि विभिन्न अस्पताल, होटल तथा व्यवसायिक प्रतिष्ठानसँग सहकार्य गर्दै ग्राहकमैत्री सुविधा उपलब्ध गराउँदै आएको छ। बैंकले ग्राहक र कर्मचारीको जीवनस्तरलाई सहज बनाउन यस्ता सहकार्यलाई आगामी दिनमा अझ विस्तार गर्ने बताएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री