नाडा स्काइवेल स्किमः ‘युरोप टुर फर फ्यामिली’

काठमाडौं । नाडा अटो–शो, २०२५ को पूर्व सन्ध्यामा जि मोटर्स प्रालि स्काइवेलका विद्युत्तीय सवारिको आधिकारिक बितरकले ‘युरोप टुर फर फ्यामिली’ अफर सार्वजनिक गरेको छ।

उक्त स्किम नाडा अटो–शो अवधि भरिमा स्काइवेलको स्टल एच-१२ मा भिजिट गरी स्काइवेलका मोडल बुकिङ्ग गर्दा स-परिवार युरोप घुम्ने टुर एबम युरोपमा स्काइवेल टेस्ट ड्राइभ गर्ने अफर प्रदान गर्ने कम्पनिका कार्यकारी निर्देशक पारष मणी गेलालले जानकारी दिए।

उनका अनुसार उक्त अफर अन्तर्गत नाडा–शो अवधिमा बुकिङ गर्ने हरेक ग्राहकलाई एक थान ‘डाइमन्ड नेकलेस’ प्रदान गरिने भएको छ। साथै, एक जना लक्की ग्राहकले रोलेक्स घडी जित्ने कम्पनीले जनाएको छ।

एक्स्चेन्ज गरी नयाँ गाडी किन्ने ग्राहकलाई थप आकर्षक बोनस रकम प्रदान गरिने छ।

साथै, ८० प्रतिशतसम्मको न्यून ब्याजदरको लोन अफर र एक आर्थिक बर्षको कर सुविधा प्रदान गर्ने कम्पनीका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले बताए।

नेपाली ग्राहकले युरोपियन बजारमा अत्यधिक रुचाएको स्काइवेलका प्रिमियम सवारीको गुणस्तर परफर्मेन्स र उच्च १५० किलोवाट पावरलाई नेपालका सबै किसिमका भु–भागमा सहजै यात्रा गर्न सकिनेछ।

स्काइवेल ६५ भन्दा बढी देशहरुमा जर्मन, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्की, इजरायल, पोल्यान्ड बिक्री हुँदै नेपालमा पनि युरोपियन गुणस्तरका सवारी बिक्री गर्ने प्रीमियम सवारी उत्पादक कम्पनी हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री