काठमाडौं । एनआईसी एसिया बैंक र स्काई ब्रोडब्यान्ड प्रालिबीच व्यावसायिक सम्झौता भएको छ। बैंकका ग्राहकहरुले स्काईको इन्टरनेट सेवामा विशेष छुट पाउने भएका हुन्।
समझदारीसँगै यस बैंकका ग्राहकहरुले स्काइ ब्रोडब्याण्ड प्रा.लि.को इन्टरनेट सेवा लिई डिजिटल भुक्तानी गर्दा १ हजार ५०० रुपैयाँ छुट प्राप्त गर्न सकिनेछ।
स्काइ ब्रोडब्याण्डको १५० एमबीपीएस, २५० एमबीपीएस र ३५० एमबीपीएस इन्टरनेटको नयाँ सेवा लिँदा वा नवीकरण गर्दा वार्षिक शुल्कमा १ हजार ५ सय रुपैयाँ छुट पाइने भएको हो।
यस सुविधाको उपभोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ।
तपाईंको प्रतिकृया




