काठमाडौँ । सर्वोच्च अदालतको प्रधान न्यायाधीशका लागि प्रस्तावित भएका चोलेन्द्र शम्शेर जबराविरुद्ध परेका उजुरीबारे संसदीय सुनुवाई विशेष समितिले बिहीबार जानकारी गराउँदैछ ।
संसदीय सुनुवाई समितिमा प्रस्तावित न्यायाधीशको सुनुवाईका लागि समितिले केही उजुरी भए दिन बुधबारसम्मको समय तोकेको थियो । यो अवधिमा परेका उजुरीबारे जानकारी दिन बिहीबार बिहान ११ बजेका लागि बैठक बोलाइएको समितिका सदस्य जितेन्द्र देवले जानकारी दिएका छन् ।
समितिमा न्यायाधीश जबराविरुद्ध ११ वटा उजुरी परेको छ । जबरालाई गएको मंसिर २७ गते संवैधानिक परिषदले संसदीय सुनुवाईका लागि सिफारिस गरेको थियो ।
अब सुनुवाई समितिले जबराको नाम अनुमोदन गरेमा उनी प्रधान न्यायाधीश बन्ने छन् । यसअघि संसदीय सुनुवाई विशेष समितिले न्यायाधीश दीपकराज जोशीलाई अस्वीकृत गरेको थियो ।
प्रतिकृया दिनुहॊस