आजको पञ्चाङ्ग
वि.सं साउन ३०, २०८२ । इ.सन् 15 Aug, 2025 । शक संवत् १९४७ । नेपाल संवत् ११४५ (गुँलागा) । सिद्धार्थी संवत्सर दक्षिणायन वर्षा ऋतु । शुक्रबार भाद्र कृष्णपक्ष । तिथि सप्तमी, ०१:०६ बजेपछि अष्टमी । नक्षत्र अश्विनी, ०९:५५ बजेपछि भरणी । योग गण्ड, १३:२३ बजेपछि वृद्धि । करण भद्रा, १४:२० बजेपछि वव, ०१:०६ बजेउप्रान्त वालव । चन्द्रराशि मेष । योग (आनन्दादि) वज्र । दिनमान १३:५ । सूर्योदय ५:३५ । सूर्यास्त १८:४० । दिन विशेष : भद्रा १४:२० बजेसम्म ।
राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समाजमा प्रतिष्ठा बढ्नेछ। मेहनतको फल प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। आफन्तहरूसंग रमाइलो जमघट संगै आनन्द प्राप्त हुनेछ। गोपनीय विषयहरूमा ध्यान पुर्याउनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोस्। लगानी लागे पनि दिगो लाभ हुने कार्य फेला पर्नेछ। टाढाका साथीभाइहरूबाट निम्तो मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछ। रुचिको विषयमा लगानी लगाउने समय रहेको छ। अप्ठ्यारा परिस्थितिमा माननीयजनहरूबाट सहयोग प्राप्त होला। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ४ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। प्रभावशाली व्यक्तित्व निर्माण गर्ने समय रहेको छ। व्यापार व्यवसायमा लाभ रहनेछ। आँटेका कार्यसम्पादन गर्न सकिनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा तारिफ योग्य कार्य गर्दै लाभ आर्जन गर्न सकिनेछ। आफन्त मध्य रमाइलो समय व्यतीत हुनेछ। शिक्षाको क्षेत्रमा गुरुजनहरूबाट सहयोग पाइनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहनेछ ।आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) भौतिक संसाधन जुटाउन सक्नाले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। जीवनसाथीको सहयोग मिल्नेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरुबाट सहयोग रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। चुनौती पन्छ्याउँदै अधिकार स्थापित गर्न सक्नुहुनेछ। भविष्यलाई लिएर नयाँ योजनाहरू बन्नेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अध्ययनको लगावले शैक्षिक क्षेत्र फराकिलो हुनेछ। कार्यक्षेत्रमा सन्तानको साथले आनन्द प्राप्त हुनेछ। समयमा कार्य सम्पादन गर्न सकिनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कृषि वा पशुपालनबाट लाभ आर्जन गर्न सकिएला। माताको कुरालाई वेबास्था नगर्नुहोस्। प्रशंसनीय कार्यले समाजमा मान प्रतिष्ठा प्राप्त गर्न सकिनेछ। इष्ट मित्रहरूबाट सहयोग पाइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) पुराना सम्झौता नवीनीकरण गर्ने समय रहेको छ। धैर्य वा पराक्रममा वृद्धि हुनेछ। रोकिएका कार्य दोहोराएर प्रयत्न गर्दा सफलता मिल्नेछ। शुभचिन्तकहरूको सुझावलाई सिरोधार्य गर्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सञ्चित धनमा वृद्धि हुनेछ। उद्योग व्यापारमा लाभ रहनेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। आफन्तबाट उपहार पाइएला। चुनौती पन्छ्याउँदै नयाँ कार्य गर्ने अवसर रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट




