काठमाडौं । आउटरीच नेपालले आफ्ना एक्टिभेसन तथा डिजिटल पार्टनरहरू, लेमन र डिजिटलीइनसँग मिलेर, यसपटक पनि फ्लेम अवार्ड्स साउथ ईस्ट एशिया २०२५ मा १३ प्रतिष्ठित पुरस्कार जित्न सफल भएको छ। यो कार्यक्रम अगष्ट ८ मा भारतको नयाँ दिल्लीस्थित ताज विवान्ता, द्वारकामा सम्पन्न भएको हो।
यी अवार्डहरुमा युनिलिभरका लागि ७ अवार्ड, सामसुङका लागि २ अवार्ड, एनसेलका लागि २ अवार्ड, माउण्टेन ड्युका लागि १ अवार्ड र शिखर इन्स्योरेन्सका लागि १ अवार्ड प्राप्त गरेको छ । ती पुरस्कारमध्ये ३ स्वर्ण, ५ रजत र ५ काँस्य अवार्ड हुन्।
फ्लेम अवार्ड्सको आयोजना रुरल मार्केटिङ एसोसियसन अफ इण्डिया (आरएमएआई) ले गरेको हो। व्यवहार परिवर्तन, सञ्चार, क्षेत्रीय तथा समावेशी मार्केटिङमा उत्कृष्ट हुनेलाई सम्मान गर्ने उद्देश्यले यो अवार्ड प्रदान गर्ने गरिएको छ। यस वर्षको अवार्डमा नेपालसहित भारत, बंगलादेश र थाइल्याण्डबाट सहभागिता रहेको थियो। कम्पनीका अनुसार यो पटक फ्लेम अवार्डको इतिहासमै सबैभन्दा धेरै आवेदन परेको थियो।
पारदर्शिता र विश्वसनीयता सुनिश्चित गर्न निर्णायक प्रक्रिया अन्स्र्ट एण्ड यङ (ईवाई) द्वारा आधिकारिक रूपमा अडिट गरिएको थियो।
निर्णायक मण्डलको सह–अध्यक्षता बिस्लेइन्टरनेसनलका सीईओ एन्जेलो जर्ज र सिडवक्र्स इन्टरनेशनल लि. का प्रबन्ध निर्देशक तथा सीईओ डा. वेङ्कट्राम वसन्तवाडाले गरेका थिए, जसमा भारतका २० भन्दा बढी वरिष्ठ उद्योग विशेषज्ञहरू र भियतनाम, बंगलादेश, श्रीलंका, थाइल्याण्ड, नेपाल, इन्डोनेसिया र सिङ्गापुरका १५ भन्दा बढी ख्यातिप्राप्त दक्षिण पूर्व एशियाली निर्णायकहरू सहभागी थिए।
यस उपलब्धि बारेमा आउटरीचका संस्थापक उजय शाक्यले लिंकदेनमा लेखेका छन्, ‘क्लाइन्ट पार्टनरहरूको निरन्तर सहकार्य र विश्वास गरेकोमा धन्यवाद दिदैं टिमकोे समर्पण र सिर्जनशिलताका कारण यी अवार्ड जित्न सफल भएको बताए। मेरो टिमकोे समर्पण, सिर्जनशीलता र जोशले मलाई हरेक दिन प्रेरणा दिन्छ।’
अवार्डका अतिरिक्त, शाक्यलाई आरएमएआई को नेपाल च्याप्टरको नेतृत्व गर्ने जिम्मेवारी पनि दिइएको छ।




